Kathmandu Press

रामेछापमा पहिलोपटक जुनारमा बिमा

रामेछाप, वैशाख ११ : रामेछाप जिल्लामा पहिलोपटक जुनार खेतीमा बीमा कार्यक्रम लागू भएको छ। सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको...
रामेछापमा पहिलोपटक जुनारमा बिमा

रामेछाप, वैशाख ११ : रामेछाप जिल्लामा पहिलोपटक जुनार खेतीमा बीमा कार्यक्रम लागू भएको छ। सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ।

आर्थिक वर्ष २०७०/७१ देखि नेपालमा कृषि बीमा प्रारम्भ भएकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले रामेछाप जिल्लाका किसानको जुनार खेतीमा बीमा गरिदिएको हो। आर्थिक वर्ष २०७७/७८ मा नेपालभर  रु ११ करोड ३४ लाख अनुदान उपलब्ध गराइएको छ।  

रामेछाप जुनारको पकेट क्षेत्र हो। परियोजनाले आइएमइ जनरल यन्स्योरेन्स लिमिटेडमार्फत रामेछाप नगरपालिका–६ पुरानागाउँका तीन कसानको ६०० बोट जुनारको बीमा गरी किसानको बगैँचामा लगेर बीमा लेख हस्तान्तरण गरेको हो।

बीमा गर्नुअघि जुनारको पिसिआर जाँच गर्दा स्वस्थ देखिएपछि बीमा गरिएको परियोजना कार्यान्वयन इकाइ प्रमुख थिरलाल गैरेले जानकारी दिनुभयो। उनले जुनार बगैँचामा रोग लाग्न नदिन टोली बनाएर विषादी छर्ने व्यवस्था गरिएको जानकारी दिए। 

बीमामार्फत आगलागी, चट्याङ भूकम्प, अधिक वर्ष बाढी, पहिरो खडेरी आँधी, बेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक बाह्य दुर्घटना र रोगबाट हुने नोक्सानीको जोखिम बहन गरिने र नोक्सानी भएमा अधिकतम बीमा रकमको सिमामा रही वास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी हुने आइएमइ जनरल इन्स्योरेन्स जिल्ला प्रमुख विपिन भट्टराईले जानकारी दिए। 

प्रकाशित मिति: १६:५८ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्