Kathmandu Press

सानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक, महानगरको उम्मेदवार फाइनल गरिने

काठमाडौं, वैशाख ११ : काठमाडौं सहित ६ महानगरपालिकाको उम्मेदवारको अन्तिम टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय...
सानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक, महानगरको उम्मेदवार फाइनल गरिने

काठमाडौं, वैशाख ११ : काठमाडौं सहित ६ महानगरपालिकाको उम्मेदवारको अन्तिम टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजपछि बैठक सुरु भएको हो। 

आजको बैठकले  काठमाडौं महानगरपालिकासहित काँग्रेसले पाएका तीन महानगरपालिकाका मेयरको टुंगो लगाउने छ। यस्तै काँग्रेसले महानगरपालिकामा पाएका उपमेयर पदको पनि टुंगो लगाउने बताइएको छ। 

काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंहकी पत्नी श्रृजना उम्मेदवार बन्ने पक्कापक्की भएपनि काँग्रेसले भाग पाएको अन्य स्थानको टुंगो लाग्न सकेको छैन। नेताहरुबीच उम्मेदवारको विषयमा यसअघि आन्तरिक छलफल चलेको थियो । 

प्रकाशित मिति: १६:३७ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्