ललितपुर–१० काे वडाध्यक्षका लागि ८१ वर्षीय नरसिंह व्यञ्जनकारकाे उम्मेदवारी
ललितपुर, वैशाख ११ : स्थानीय तहको निर्वाचनका लागि ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा राप्रपाले उम्मेद्वारी दर्ता गराएको छ भने वडा नम्बर १० को...
ललितपुर, वैशाख ११ : स्थानीय तहको निर्वाचनका लागि ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा राप्रपाले उम्मेद्वारी दर्ता गराएको छ भने वडा नम्बर १० को अध्यक्षमा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार निर्वाचन अधिकृतको कार्यालय जावलाखेल पुगेर स्वतन्त्र रुपमा नरसिंह व्यञ्जनकारले वडा नम्बर १० को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी यसअघि पनि सोही वडाका वडाध्यक्ष थिए।
उनले २०२९ सालदेखि वडा अध्यक्षमा लगातार स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिँदै आएका छन्। सो वडामा राप्रपाले पनि व्यञ्जनकारलाई नै सहयोग गर्ने जनाएको छ।
त्यस्तै आइतबार नै ललितपुर महानगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ललितपुरको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गरेको छ। महानगरको प्रमुखमा अष्टबहादुर महर्जन र उपप्रमुखमा स्वर्णिमा शाक्यले उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्ता सोमबारसम्म चल्ने छ।











