थप १३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, वैशाख ११ : नेपालमा आइतबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ३ हजार १ सय ४४ पिसिआर परिक्षणका क्रममा...
काठमाडाैं, वैशाख ११ : नेपालमा आइतबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ३ हजार १ सय ४४ पिसिआर परिक्षणका क्रममा ११ जना र १ हजार १ सय ११ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप २५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय २३ जना निको भएका छन्।
हाल नेपालमा २ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:२४ बजे, आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












