धादिङको जिसस प्रमुख माओवादीले पाउने, १३ वटै स्थानीय तहको भागबण्डा यसरी टुंग्याइयो

धादिङ, वैशाख ११ : धादिङका १३ वटै स्थानीय तहमा सत्ता गठबन्धनले अन्तिम टुंगो लगाएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीको प्रदेश कमिटीले गरेको निर्णयको आधारमा धादिङका जिल्ला नेताहरुले भागबण्डाको अन्तिम सूची सार्वजनिक गरेका हुन्।
यसअघि जिल्ला समन्वय समितिमा कांग्रेसले दाबी गरेको भएपनि थप छलफलमार्फत जिससको प्रमुख माओवादी केन्द्र र उपप्रमुख नेपाली कांग्रेसले पाउने गरी भागबण्डा गरिएको छ। त्यसैगरी जिल्ला संयन्त्रबाट टुंगो लगाउने गरि जिम्मेवारी दिइएको थाक्रेमा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले पाउने भएको छ।
यस्तो छ अन्तिम भागबण्डा :
१. धुनिवेशी नगरपालिका
प्रमुख : नेकपा एकिकृत समाजवादी
उपप्रमुख : नेपाली कांग्रेस
२. नीलकण्ठ नगरपालिका
प्रमुख : नेपाली कांग्रेस
उपप्रमुख : नेकपा माओवादी केन्द्र
३. रुबिभ्याली गाउँपालिका
अध्यक्ष : नेकपा माओवादी केन्द्र
उपाध्यक्ष : नेपाली कांग्रेस
४. खनियाबास गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा माओवादी केन्द्र
५. गंगाजमुना गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा माओवादी केन्द्र
६. नेत्रावती डबजोङ गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा माओवादी केन्द्र
७. त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा माअोवादी केन्द्र
८. ज्वालामुखी गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा एकीकृत समाजवादी
९. सिद्धलेक गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा एकिकृत समाजवादी
१०. बेनिघाट रोराङ गाउँपालिका
अध्यक्ष : नेकपा माओवादी केन्द्र
उपाध्यक्ष : नेकपा एकिकृत समाजवादी
११. गजुरी गाउँपालिका
अध्यक्ष : नेकपा एकीकृत समाजवादी
उपाध्यक्ष : नेपाली कांग्रेस
१२. गल्छी गाउँपालिका
अध्यक्ष : नेकपा एकीकृत समाजवादी
उपाध्यक्ष : नेपाली कांग्रेस
१३. थाक्रे गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा माओवादी केन्द्र
जिल्ला समन्वय समिति
प्रमुख : नेकपा माओवादी केन्द्र
उपप्रमुख : नेकपा एकीकृत समाजवादी











