Kathmandu Press

एमालेले टुंग्यायाे राेल्पा र कञ्चनपुरकाे उम्मेदवार

नेकपा एमालेले रोल्पाका १० वटै र कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ।
एमालेले टुंग्यायाे राेल्पा र कञ्चनपुरकाे उम्मेदवार

काठमाडाैं, वैशाख ११ : नेकपा एमालेले रोल्पाका १० वटै र कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ।

पार्टी जिल्ला कमिटी रोल्पाकाे बैठकले रोल्पा नगरपालिकाको प्रमुखमा घनश्याम आचार्य र उपप्रमुखमा कृष्णीकुमारी गौतमलाई उम्मेदवार बनाएको छ। सुनिलस्मृति गाउँपालि अध्यक्षमा खिमचन्द्र पुन र उपाध्यक्षमा तारा सेनलाई चयन गरिएको छ।

लुंग्री गाउँपालिका अध्यक्षमा वीरवहादुर खड्का र उपाध्यक्षमा जुनकुमारी बस्नेत उम्मेदवार बनाइएका छन्।

सुनछहरी गाउँपालिकाको अध्यक्षमा जयप्रकाश बुढामगर, उपाध्यक्षमा पूर्माला खत्री, थवाङ गाउँपालिकाको अध्यक्षमा रवीन्द्र रोकामगर र उपाध्यक्षमा शान्ति घर्तीमगर चुनिएका छन्।

परिवर्तन गाउँपालिकाको अध्यक्षमा गंगाराम बुढामगर  र उपाध्यक्षमा सपना रोकामगरलाई उम्मेदवारका रूपमा चयन गरिएको छ।

गंगादेव गाउँपालिकाको अध्यक्षमा रोशनकुमार वली र उपाध्यक्षमा निर्मला कुमारी वली, माडी गाउँपालिको अध्यक्षमा विजयकुमार घर्तीमगर र उपाध्यक्षमा अमृता घर्तीमगर सिफारिस भएका छन्।

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कर्ण बाँठामगर र उपाध्यक्षमा जानकी बुढामगर तथा रुन्टीगढी गाउँपालिको अध्यक्षमा बालाराम बुढामगर र उपाध्यक्षमा हस्तमाली बाँठामगरलाई अघि सारिएको छ।

त्यस्तै एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा पनि उम्मेदवार टुंगो लगाएको छ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले दिएको जानकारीअनुसार भीमदत्त नगरपालिकाको प्रमुखमा महेशप्रसाद पन्त र उपप्रमुखमा भुवन केसी कुँवर, दोधाराचाँदनी नगरपालिका प्रमुखमा किशोर लिम्बू र उपप्रमुखमा खेमा चन्दलाई उम्मेदवार बनाइएको छ।

त्यस्तै वेदकोट नगरपालिका प्मुखमा सुशिला सिंह र उपप्रमुखमा लक्ष्मण राना, शुक्लाफाँटा नगरपालिका प्रमुखमा रणबहादुर महरा र उपप्रमुखमा मोनिका भण्डारी, कृष्णपुर नगरपालिकाको प्रमुखमा लोकेन्द्रप्रसाद पन्त र उपप्रमुखमा रमिता राना बडायक चुनिउका छन्।

पुनर्वास नगरपालिकाको प्रमुखमा पदम पुजारा, उपप्रमुखमा सुशिला खत्री, बेलौरी नगरपालिकाको प्रमुखमा कमला बोहरा र उपप्रमुखमा जोगुराम चौधरी उम्मेदवार चुनिएका छन्।

यस्तै लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना र  उपाध्यक्षमा सपना चौधरी तथा बेल्डाडी गाउँपालिका अध्यक्षमा अक्कलबहादुर विष्ट र उपाध्यक्षमा फूलकुुमारी राना उम्मेदवार बन्ने भएको कञ्चनपुर एमालेले जनाएको छ।

प्रकाशित मिति: १५:१९ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्