Kathmandu Press

काठमाडौं महानगर मेयरमा उम्मेदवारी दिएपछि बालेनले भने- स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ 

काठमाडौं महानगर मेयरमा उम्मेदवारी दिएपछि बालेनले भने- स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ 

काठमाडौं, वैशाख ११ : काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार काठमाडौंको सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि शाहले स्थानीय तहमा स्वतन्त्र व्यक्ति पुगेर काम गर्दा सकारात्मक नजिता आउने दाबी गरे।

स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने आफूहरुको सिद्धान्त रहेको र आफूलाई युवाहरुको साथ रहेको उनले बताए। उनले कांग्रेस र एमालेको भोट काट्न आफूले उम्मेदवारी दिएको र आफ्नो जित सुनिश्चित रहेको धारणा राखे।

त्यस्तै आइतबार नै विवेकशील साझा पार्टीका उम्मेदवार समीक्षा बाँस्कोटाले पनि काठमाडौं महानगरको मेयर पदमा उम्मेद्वारी दताए गराएकी छन्। उम्मेदवारी दर्ता गराउदै बाँस्कोटाले काठमाडौंमा बैंकल्पीक राजनीतिक शक्ति विवेकशील साझा रहेको बताइन्। उनले महानगरभित्रको समस्याको समाधानका लागि योजनाबद्ध ढंगले काम गर्ने दाबी गरिन्।

ठूला दलका प्रतिनिधिहरुले भने काठमाडौंमा सोमबार मात्रै उम्मेदवारी दिने तयारी गरेका छन्। 

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्