‘कोखदेखि शोकसम्म’ साथ दिने कांग्रेस प्रतिबद्धता, सुत्केरीलाई ५ हजार भत्ता
काठमाडौं, वैशाख ११ : नेपाली कांग्रेसले ‘सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर ! केन्द्रदेखि गाउँसम्म नेपाली कांग्रेसको सरकार !!’ नारा दिएर आज...
काठमाडौं, वैशाख ११ : नेपाली कांग्रेसले ‘सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर ! केन्द्रदेखि गाउँसम्म नेपाली कांग्रेसको सरकार !!’ नारा दिएर आज (खाइतबार) चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
स्थानीय तह निर्वाचन–२०७९ का लागि ‘नेपाली कांग्रेसको संकल्प’ शीर्षकमा तयार पारिएको घोषणापत्रमा जनतालाई ‘कोखदेखि शोकसम्म’ साथ दिन कांग्रेस प्रतिबद्ध रहेको बताइएको छ।
१. प्रजनन स्वास्थ्य र अधिकार, २. गर्भावस्था, ३. सुरक्षित मातृत्व, ४. बालविकास, ५. शिक्षा, ६. स्वास्थ्य, ७. रोजगारी र श्रम, ८. वृद्धावस्था र ९. मृत्यु संस्कारमा जनताको अधिकार सुनिश्चित गर्न साथ दिने संकल्प कांग्रेसले गरेको छ।
१. प्रजनन स्वास्थ्य र अधिकार : युवायुवतीलाई निःशुल्क प्रजनन स्वास्थ्य शिक्षा, प्रजनन छनोटको स्वतन्त्रताको प्रत्याभूति
२. गर्भावस्था : गर्भावस्थामा निःशुल्क परीक्षण, घरघरमा गर्भावस्था पोषण तालिका, घरबारविहीन विपन्न गर्भवतीका लागि निःशुल्क आश्रय र पोषणको व्यवस्था
३. सुरक्षित मातृत्व : निःशुल्क संस्थागत सुत्केरी सेवा, सुत्केरी र नवजात शिशुको घरदैलोमा स्वास्थ्य सेवा, पाँच हजार सुत्केरी भत्ता
४. बालविकास : निःशुल्क खोपा तथा पोषण तालिका , शिशु स्याहार केन्द्र र दिवा खाजा
५. शिक्षा : घोकन्ते शिक्षा प्रणलीबाट सोच्ने, सोध्ने र सिक्ने शिक्षा प्रणालीको विकास, रोजगारमूलक सिकाइ
६. स्वास्थ्य : सबै नागरिकलाई स्वस्थ्य बिमा र ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपांगता भएका विपन्नलगायतलाई निःशुलक बिमा, स्वास्थ्य उपचारमा खल्तीको पैसा कम गनेृ व्यवस्था
७. रोजगारी : तरुण सीप र वृत्ति विकास, सबै युवायुवतीलाई सम्मानित रोजगार, स्वरोजगार कार्यक्रम सञ्चालन, सबै श्रमिकको सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था, सबै श्रमिकको सञ्चय कोष र उपदानको प्रत्याभूति र एकल महिला तथा अपांगता भएका नागरिकद्वारा सञ्चालित स्वरोजगारको हकमा ५० प्रतिशत योगदान सरकारको तर्फबाट व्यवस्था
८. वृद्धावस्था : ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई निःशुलक स्वास्थ्य बिमा, ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई ज्येष्ठनागरिक भत्ता, ज्येष्ठ नागरिक उपचार खर्च, ज्येष्ठलाई घरमै्र स्वास्थ्य सेवा
९. मृत्यु संस्कार : नागरिक समुदाय र धर्मबमोजिमको बेग्लै अन्तिम संस्कारको लागि स्थान उपलब्ध गराउने, मृत्यु संस्कार खर्च











