Kathmandu Press

धादिङमा गठबन्धनको भागबण्डा टुंगियो, ज्वालामुखीको उपाध्यक्ष एकीकृत समाजवादीलाई

धादिङ, वैशाख ११ : सत्ता गठबन्धनले धादिङका १२ वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको छ। नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, माओवादीकी बाग्मती प्रदेश...
धादिङमा गठबन्धनको भागबण्डा टुंगियो, ज्वालामुखीको उपाध्यक्ष एकीकृत समाजवादीलाई

धादिङ, वैशाख ११ : सत्ता गठबन्धनले धादिङका १२ वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको छ। 

नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, माओवादीकी बाग्मती प्रदेश अध्यक्ष सरला सहयात्री र एकिकृत समाजवादीका बाग्मती प्रदेश ईन्चार्ज केदार प्रसाद न्यौपानेको सहित जिल्लाका नेताहरुको बैठकले १३ मध्य १२ स्थानीय तहको प्रमुख र उपप्रमुख टुंगो लगाएको हो। 

जिल्लामा कांग्रेस, माअ‍ोवादी केन्द्र र एकिकृत समाजवादी मात्रै तालमेल गरेर अगाडि बढेको छ। गठबन्धनभित्र रहेका जसपा र जनमोर्चाको संगठन कमजोर भएका कारण स्थानीय तहको प्रमुख र उपप्रमुख दिइएको छैन। 

निर्णयानुसार कांग्रेसले नीलकण्ठ, खनियाबास, सिद्धलेक, गंगाजमुना, ज्वालामूखी, त्रिपुरासुन्दरी र नेत्रावती गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिनेछ। धुनीवेशी, रुवीभ्याली, गल्छी र गजुरीको उपप्रमुख कांग्रेसले पाएको छ। 

त्यस्तै माओवादी केन्द्रले  रुबीभ्याली, गजुरी र बेनीघाट रोराङ गाउँपालिकाको नेतृत्व नेतृत्व पाउँदा नीलकण्ठ नगरपालिका, खनियाबास, त्रिपुरासुन्दरी र नेत्रावती गाउँपालिकाको उपप्रमुख पाएको छ। 

एकीकृत समाजवादीले धुनीबेसी नगरपालिका र गल्छी गाउँपालिकाको प्रमुख र बेनीघाट रोराङ, ज्वालामुखी, गंगाजमुना र सिद्धलेक गाउँपालिकाको उपप्रमुख पाएको छ।

यसअघि जिल्ला समन्वय समितिको प्रमुख माअ‍ोवादी केन्द्रलाई दिइने भनिएपनि प्रदेशले कांग्रेसलाई जिसस प्रमुख र एकिकृत समाजवादीलाई उपप्रमुख दिने गरी भागबण्डा टुंग्याइएको छ। भागबण्डामा सहमति हुन नसकेको थाक्रे गाउँपालिकामा भने तालमेलको समन्वय गर्न जिल्ला संयन्त्रलाई जिम्मेवारी दिइएको छ।

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले भागबण्डाबारेको सूचीमाथि पुनः छलफल भइरहेको र केही परिमार्जन हुनसक्ने काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 


 
 
 

प्रकाशित मिति: १३:५२ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्