Kathmandu Press

सिन्धुलीका नौवटै पालिकामा एमालेले टुंग्यायो उम्मेदवार, प्रमुख पदमा एक महिला (सूचीसहित)

सिन्धुली, वैशाख ११ : नेकपा एमालेले सिन्धुलीका नौवटै पालिकाका लागि प्रमुख र उपप्रमुखको उमेदवार टुंगो लगाएको छ।जिल्ला किमटीको सिफारिसका आधारमा वाग्मती प्रदेश कमिटीले उम्मेदवारको...
सिन्धुलीका नौवटै पालिकामा एमालेले टुंग्यायो उम्मेदवार, प्रमुख पदमा एक महिला (सूचीसहित)

सिन्धुली, वैशाख ११ : नेकपा एमालेले सिन्धुलीका नौवटै पालिकाका लागि प्रमुख र उपप्रमुखको उमेदवार टुंगो लगाएको छ। जिल्ला किमटीको सिफारिसका आधारमा वाग्मती प्रदेश कमिटीले उम्मेदवारको टुंगो लगाएको हो।

नौवटा पालिका रहेको सिन्धुलीमा चारवटामा यसअघि नै सर्वसम्मत रूपमा प्रमुख/अध्यक्ष उम्मेदवार चयन भइसकेको थियाे। पाँच पालिकाका लागि उम्मेदवार भने शनिबार टुंगो लगाइएको हो।    

कमलामाई नगरपालिकाको मेयरमा महेन्द्रदेव श्रेष्ठ र उपमेयरमा मञ्जु देवकोटा उम्मेदवार चयन भएका छन् भने दुधौली नगरपालिकामा मेयरमा लक्ष्मण कार्की र उपमेयर बालकुमारी अधिकारी दनुवार उम्मेदवार बनेका छन्।

एमालेले तीनपाटन गाउँपालिकामा अध्यक्षका लागि छत्र दाहाल र उपाध्यक्षका लागि पदममाया तामाङ उम्मेदवार बनाएको छ। फिक्कल गाउँपालिका अध्यक्षमा पार्वती सुनुवार र उपाध्यक्षमा राजु बराल तथा सुनकोसी गाउँपालिका अध्यक्षमा रोमनराज गिरी (अशोक) र उपाध्यक्षमा हेमा अधिकारी उम्मेदवार चुिनएका छन्।

चार गाउँपालिका हरिहपुरगढीमा मानबहादुर वाइबा, मरिण गाउँपालिकामा गोविन्दलाल माझी, गोलन्जोर गाउँपालिकामा शंकर बराल र घ्याङ्लेख गाउँपालिकामा चतुरमान लो सर्वसम्मत रूपमा अध्यक्षका उमेदवार चयन भएका छन्। यी गाउँपालिकामा उपाध्यक्षका उमेदवार सम्बन्धित गाउँपालिका कमिटीले आजै टुंगो लगाउने एमाले सिन्धुली जिल्ला कमिटी प्रचार विभाग प्रमुख सञ्जय दाहालले जनाएको छ।

मरिण गाउँपालिकाले उम्मेदवारको मनोनयन दर्ता आजै गराए पनि बाँकी पालिकाको मनोनयन भोलि हुने उनले जानकारी दिए। 

नौमध्ये एक पालिकामा मूल पदमा महिलालाई उम्मेदवार बनाइएको छ। फिक्कल गाउँपालिका अध्यक्षमा पार्वती सुनुवारले मौका पाएकी हुन्। उनी त्यहाँका निवर्तमान उपाध्यक्ष हुन्। 

सोही गाउँपालिका वडा ५ का राजु बराल पनि अध्यक्षको उम्मेदवारमा सिफारिस भएका थिए। तर आफूले आकांक्षा नै नराखेको उपाध्यक्षमा उम्मेदवार बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 

‘मेरो क्षमताको उच्च मूल्यांकन गर्दै मैले आकांक्षा नै नराखेको फिक्कल गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारी बनाउने निर्णय भएको खबर सामाजिक सञ्जालमार्फत थाहा पाएँ,’ उनले पफेसबुकमा लेखेका छन्, ‘यही सामाजिक सञ्जालमार्फत नै उपाध्यक्ष पदको उम्मेदवार नबन्ने धारणा सार्वजनिक गर्दछु। मैले लिएको निर्णयले पर्न जाने असरप्रति क्षमाप्रार्थी छु।’ उनले आफ्नो अडान कायमै रहेको काठमाडौं प्रेसलाई जानकारी दिए।     

जिल्लाका ७९ वटा वडामध्ये ७० वटामा वडाध्यक्षको उम्मेदवार चयन भइसकेको छ भने ९ वटा वडामा चयन गर्न बाँकी छ।  कमलामाई–१, गोलन्जोर–१ र २, घ्याङलेख–२, ३, ४ र ५ तथा मरिन–१ र ३ मा वडाध्यक्ष उम्मेदवार चयन गर्न बाँकी रहेको हो। 


१. कमलामाई नगरपालिका

प्रमुख–    महेन्द्रदेब श्रेष्ठ
उपप्रमुख– मन्जु देवकोटा

१ नं.वडा अध्यक्ष    
२ नं.वडा अध्यक्ष    चित्र बहादुर बुढाथोकी
३ नं.वडा अध्यक्ष    खड्ग प्रसाद चौलागाई
४ नं.वडा अध्यक्ष    अमृत बहादुर श्रेष्ठ
५ नं.वडा अध्यक्ष    चुणामणी श्रेष्ठ
६ नं.वडा अध्यक्ष    दिनेश दाहाल
७ नं.वडा अध्यक्ष    कर्ण घिसिङ्ग
८ नं.वडा अध्यक्ष    कोमल श्रेष्ठ
९ नं.वडा अध्यक्ष    राजु चौलागाई
१० नं.वडा अध्यक्ष    रामहरि ढुंगेल
११ नं.वडा अध्यक्ष    राम बहादुर थिङ्ग
१२ नं.वडा अध्यक्ष    भिम बहादुर गुर्मछान
१३ नं.वडा अध्यक्ष    केशर बहादुर कार्की
१४ नं.वडा अध्यक्ष राजन न्यौपाने

२. दुधौली नगरपालिका

प्रमुख– लक्ष्मण कार्की
उपप्रमुख– बालकुमारी अधिकारी दनुवार

१ नं.वडा अध्यक्ष    चन्द्र प्रसाद पहाडी
२ नं.वडा अध्यक्ष    रितेश राउत
३ नं.वडा अध्यक्ष    किशुलाल कुँवर
४ नं.वडा अध्यक्ष    बेदराज दाहाल
५ नं.वडा अध्यक्ष    सुमन चौधरी दनुवार
६ नं.वडा अध्यक्ष    रामदेव कुमर
७ नं.वडा अध्यक्ष    टेक बहादुर कार्की
८ नं.वडा अध्यक्ष    सिताराम भट्राई
९ नं.वडा अध्यक्ष    देब प्रसाद अधिकारी दनुवार
१० नं.वडा अध्यक्ष    कुमार शर्मा
११ नं.वडा अध्यक्ष    पवन कार्की
१२ नं.वडा अध्यक्ष    राम बहादुर मोक्तान
१३ नं.वडा अध्यक्ष    शान्तिमान कार्की
१४ नं.वडा अध्यक्ष    पेम्बा मोक्तान

३. तिनपाटन गाउँपालिका

अध्यक्ष–    छत्र बहादुर दाहाल
उपाध्यक्ष– पदममाया तामाङ्ग

१ नं.वडा अध्यक्ष    गोबिन्द राउत
२ नं.वडा अध्यक्ष    कृष्णराज श्रेष्ठ
३ नं.वडा अध्यक्ष    कबिन्द्र गोले
४ नं.वडा अध्यक्ष    मान बहादुर पुलामी मगर
५ नं.वडा अध्यक्ष    भुपाल सिंह तामाङ्ग
६ नं.वडा अध्यक्ष    उक्त बहादुर थापामगर
७ नं.वडा अध्यक्ष    कोमल बहादुर खपाङ्गीमगर
८ नं.वडा अध्यक्ष    फडिन्द्रनाथ अधिकारी
९ नं.वडा अध्यक्ष    कुलमणि पोखरेल
१० नं.वडा अध्यक्ष घनश्याम अधिकारी
११ नं.वडा अध्यक्ष    मायाँनाथ पहाडी

४. फिक्कल गाउँपालिका

अध्यक्ष–    पार्वती सुनुवार
उपाध्यक्ष– राजु बराल

१ नं.वडा अध्यक्ष    मोहन बहादुर आलेमगर
२ नं.वडा अध्यक्ष    संकर बहादुर भण्डारी
३ नं.वडा अध्यक्ष    टेक बहादुर रजनमगर
४ नं.वडा अध्यक्ष    बम बहादुर पिठाकोटे
५ नं.वडा अध्यक्ष    बैकुन्ठ पहाडी
६ नं.वडा अध्यक्ष    कुलेन्द्र रानामगर

५. गोलन्जोर गाउँपालिका

अध्यक्ष–    शंकर बराल
उपाध्यक्ष–    

१ नं.वडा अध्यक्ष    
२ नं.वडा अध्यक्ष    
३ नं.वडा अध्यक्ष    बृहस्पति थापा
४ नं.वडा अध्यक्ष    बेग बहादुर गोदासे
५ नं.वडा अध्यक्ष    गोबिन्द लुङ्गेलीमगर
६ नं.वडा अध्यक्ष    बिष्णुलाल श्रेष्ठ
७ नं.वडा अध्यक्ष    रेगनराज थापा

६. हरिहरपुरगढी गाउँपालिका

अध्यक्ष–    मान बहादुर वाईवा 
उपाध्यक्ष    

१ नं.वडा अध्यक्ष    जित बहादुर थिङ्ग
२ नं.वडा अध्यक्ष    हिम्मत कुमार राई
३ नं.वडा अध्यक्ष    गाईने राई 
४ नं.वडा अध्यक्ष    सुबास कुमार राई 
५ नं.वडा अध्यक्ष    दिपक माझी 
६ नं.वडा अध्यक्ष    कमल भोलन 
७ नं.वडा अध्यक्ष    मदन बहादुर स्याङ्गतान 
८ नं.वडा अध्यक्ष    शेखर लामा 

७. सुनकोशी गाउँपालिका

अध्यक्ष–    रोमनराज गीरी
उपाध्यक्ष– हेमा अधिकारी

१ नं.वडा अध्यक्ष    कृष्ण बहादुर मोक्तान
२ नं.वडा अध्यक्ष    दिवाकर गुर्मछान
३ नं.वडा अध्यक्ष    दिनेश आरन
४ नं.वडा अध्यक्ष    संकर जर्गामगर
५ नं.वडा अध्यक्ष    बद्रि बहादुर दाहाल
६ नं.वडा अध्यक्ष    गोपाल श्रेष्ठ
७ नं.वडा अध्यक्ष    लोक बहादुर कार्की

८. घ्याङ्गलेक गाउँपालिका

अध्यक्ष–    चतुरमान लो 
उपाध्यक्ष–    

१ नं.वडा अध्यक्ष    गोपिलाल भोलन 
२ नं.वडा अध्यक्ष    
३ नं.वडा अध्यक्ष    
४ नं.वडा अध्यक्ष    
५ नं.वडा अध्यक्ष    

९. मरिण गाउँपालिका
 

अध्यक्ष–    गोबिन्दलाल माझी 
उपाध्यक्ष–    

१ नं.वडा अध्यक्ष    
२ नं.वडा अध्यक्ष    कृष्ण बहादुर ठाडामगर 
३ नं.वडा अध्यक्ष    
४ नं.वडा अध्यक्ष    जित बहादुर काल्तान 
५ नं.वडा अध्यक्ष    ऐमान बम्जन 
६ नं.वडा अध्यक्ष    शम्भु कार्की 
७ नं.वडा अध्यक्ष    शिबजी माझी 

 

 

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्