Kathmandu Press

एसइई : लमजुङमा २६ परीक्षार्थी अनुपस्थित

काठमाडाैं, वैशाख ११ : यहाँ माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन आज (आइतबार) २६ परीक्षार्थी अनुपस्थित भएका छन्।नियमिततर्फ छात्रा १६ र छात्र...
एसइई : लमजुङमा २६ परीक्षार्थी अनुपस्थित

लमजुङ, वैशाख ११ : लमजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन आज (आइतबार) २६ परीक्षार्थी अनुपस्थित भएका छन्।

नियमिततर्फ छात्रा १६ र छात्र १० गरी २६ परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङले बताए। 

Hardik ivf

त्यस्तै आज ग्रेडवृद्धितर्फका पाँचमध्ये एक छात्र अनुपस्थित भएको उनको भनाइ छ । एसइईको पहिलो दिन शुक्रबार नियमिततर्फ १७ छात्रा र १० छात्र गरेर २७ विद्यार्थी अनुपस्थित भएका थिए।

परीक्षामा जिल्लाभर १७ विद्यालयबाट परीक्षार्थी सामेल भएका छन्। जिल्लामा १८ परीक्षा केन्द्रमा यतिका सङ्ख्यामा विद्यार्थीले एसइई परीक्षामा सामेल रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङले बताए। 

नियमिततर्फ तीन हजार १२ र ग्रेड वृद्धितर्फ ६ जनाले एसइईका परीक्षार्थीमध्ये परीक्षाको पहिलो दिन उक्त सङ्ख्यामा अनुपस्थित भएका हुन्। परीक्षामा सम्बन्धित विद्यालयका प्रधानाध्यपकलाई नै केन्द्रध्यक्ष तोकिएको छ। 

प्रकाशित मिति: १३:०९ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्