Kathmandu Press

नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

काठमाडाैं, वैशाख ११ : नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ। वन तथा वातावरण मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘राष्ट्रिय ढाकिएको भू–क्षेत्र...
नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

काठमाडाैं, वैशाख ११ : नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ। वन तथा वातावरण मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘राष्ट्रिय ढाकिएको भू–क्षेत्र अनुगम’ (नेसनल ल्यान्डकभर मोनिटरिङ सिस्टम) अनुसार भूमिलाई वन, कृषि, घाँसे मैदान, बुट्यान, सिमसार, हिउँ, हिमनदी, चट्टान, बगर, आवास र वनस्पतिरहित क्षेत्रमा विभाजन गरिएको छ।

मन्त्रालयले गत चैत ७ गते स्वीकृत गरेको उक्त प्रणाली विश्व पृथ्वी दिवसका अवसरमा सार्वजनिक गरेको हो। प्रणालीमा हरेक वर्ष भूउपग्रहबाट खिचिएका नक्सा तथा तस्वीरको प्रयोग गरी अनुगमन गर्ने र प्रतिवेदन तयार गर्ने उद्देश्य राखिएको छ।

Hardik ivf

यस प्रणालीको प्रयोग गरी सन् २००० देखि २०१९ सम्मको राष्ट्रिय, प्रादेशिक र भौगोलिक क्षेत्रअनुसारको ल्याण्डकभर नक्सा तयार गरिएको मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए।

नक्साका आधारमा सन् २००० मा देशको वनक्षेत्र ३९।९९ प्रतिशत देखिएकामा सन् २०१९ मा ४१।६९ प्रतिशत पुग्न गई वन क्षेत्र वृद्धि भएको देखिन्छ। त्यसैगरी कृषि क्षेत्र सन् २००० मा २६.३१ प्रतिशत रहेकामा सन् २०१९ मा घटेर २४.२१ प्रतिशत हुन गएको देखिन्छ।

दिगो विकासका लागि आधारभूत स्रोतका रुपमा रहेका वन, कृषि, चरण, जल तथा आवासीय क्षेत्रको अवस्थिति र वितरणसम्बन्धी तथ्याङ्क तथा सूचना महत्वपूर्ण मानिन्छ। उक्त प्रणाली मन्त्रालयको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले नापी विभाग, इसिमोड, युएसआइडीलगायत अन्य सरोकारवालको सहकार्यमा तयार गरिएको हो। 

प्रकाशित मिति: १२:४९ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्