Kathmandu Press

समृद्धिका लागि एकता आवश्यक : मुख्यमन्त्री पोखरेल

कास्की, वैशाख ११ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक...
समृद्धिका लागि एकता आवश्यक : मुख्यमन्त्री पोखरेल

कास्की, वैशाख ११ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताएका छन्।

लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उनले भने, ‘हाम्रो अबको साझा लक्ष्य आर्थिक समृद्धि हो । नागरिक सन्तुष्टि नै कुनै पनि व्यवस्था सफलताको कडी हो । यसका लागि सबै राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्पूर्ण नेपाली एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस् ।’

लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘वैशाख ११ गते सामान्य दिन होइन, २०६२÷६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावले नेपालमा राजतन्त्रले घुँडा टेकेको दिन हो।’

आसन्न स्थानीय तहको निर्वाचनका साथै यसै वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ र निष्पक्षरूपमा सम्पन्न गर्न आग्रह गरेका छन्। 

प्रकाशित मिति: १२:४० बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्