Kathmandu Press

‘लोकतन्त्र दिवसले समृद्धि हासिल गर्न प्रेरणा मिलोस्’

हेटौंडा, वैशाख ११ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्न लोकतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने...
‘लोकतन्त्र दिवसले समृद्धि हासिल गर्न प्रेरणा मिलोस्’

हेटौंडा, वैशाख ११ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्न लोकतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने बताएका छन्। 

प्रदेश प्रमुख शर्माले आज लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै यो दिवस मनाइँरहँदा देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्दि हासिल गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे।


उनले लोकतन्त्र प्राप्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलिसमेत अर्पण गरेका छन् । प्रमुख शर्माले भनेका छन्, ‘आफ्नो देश र संसारभरी जहाँ–जहाँ छरिएर रहनुभए पनि राष्ट्रियताको एकै सुत्रमा बाँधिएर रहनुभएका सम्पूर्ण नेपाली समुदायप्रति यस अवसरमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रमुख शर्माले २०६२÷६३ सालको वसन्त विद्रोहबाट मुलुकमा लोकतन्त्र स्थापना भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा यो दिवस मनाउने गरिएको उल्लेख गरेका छन्। उनले विभिन्न कालखण्डमा गरिएको सङ्घर्षबाटै अधिकार प्राप्त गरेको जनाउँदै शुभकामना सन्देशमा भनेका छन्, ‘नेपालीले विभिन्न कालखण्डमा गर्दै आएका सङ्घर्ष तथा बलिदानको उपलब्धिस्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थाले उपलब्ध गराएका अधिकारको उपभोग गर्दा  हामीले गौरवबोध गर्न सक्नुपर्दछ।’   

प्रकाशित मिति: १२:१६ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्