Kathmandu Press

फूलबारीमा फोरजी टावर

तुलसीपुर, वैशाख ११ : दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा निर्माण गरिएको टेलिकमको टावर  सञ्चालनमा आएको छ। फोरजी टावरको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले फूलबारी...
फूलबारीमा फोरजी टावर
Hardik ivf

तुलसीपुर, वैशाख ११ : दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा निर्माण गरिएको टेलिकमको टावर  सञ्चालनमा आएको छ। 

फोरजी टावरको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले फूलबारी  दाङको विकट क्षेत्र भए पनि ऐतिहासिक तथा पर्यटकीय हिसाबले उपयुक्त भएको बताए। 

यसअघि  त्यहाँ टेलिकमको टावर नहुँदा फोनको समस्या हुन्थ्यो । फोन गर्न डाँडकाँडा  पुग्नुपथ्र्यो । अब भने घर–घरबाटै फोन गर्न  सकिने स्थानीय अगुवा दीपशिखा घर्तीले बताए। फूलबारी तुलसीपुर विकट वडाका रूपमा लिइन्छ । त्यहाँ दुई वर्षअघि  टेलिकम टावर निर्माण पूरा भएको थियो। 

प्रकाशित मिति: ११:३० बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्