Kathmandu Press

चितवन, डोटी र सिन्धुपाल्चोकमा एमालेबाट कोको छन् उम्मेदवार  

काठमाडाैं, वैशाख ११ : नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ। भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि...
चितवन, डोटी र सिन्धुपाल्चोकमा एमालेबाट कोको छन् उम्मेदवार  

काठमाडाैं, वैशाख ११ : नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ। भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो।

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक, खैरहनी नगरपालिकाको प्रमुख लालमणि चौधरी र उपप्रमुखमा कविता उप्रेती, रत्ननगर नगरपालिकाको प्रमुखमा विमला दुवाडी र उपप्रमुख यादव पाठक, कालिका नगरपालिकाको प्रमुखमा विनोद रेग्मी र उपप्रमुख विमला लामालाई उठाउने निर्णय भएको छ।
 
यसैगरी माडी नगरपालिकाको प्रमुखमा ताराकाजी कुमारी महतो र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाललाई उम्मेदवारको घोषणा गरिएको छ। भरतपुर महानगरपालिकाको प्रमुखमा यसअघि नै विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
 
जिल्लाका ९८ वटै वडामध्ये अधिकांश टुङ्गो लगाइसकेको सो पार्टीले जनाएको छ। एमालेले  खैरहनीका नगरप्रमुख चौधरीलाई दोहो¥याएको छ भने रत्ननगर र माडीका उपप्रमुखलाई प्रमुखमा उम्मेदवार घोषणा गरेको हो।

डोटीका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो

एमालेले डोटीका नौवटै स्थानीय तहका उम्मेदवार चयन गरेको छ। छनोट गरेका उम्मेदवारमा दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासी, उपप्रमुखमा रुपा कठायत, शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर, उपप्रमुखमा लक्ष्मी मल्ल छन्। 

यसैगरी  पूर्वीचौकी गाउँपालिकाको अध्यक्षका  कृष्णकुमार खड्का, उपाध्यक्षमा शारदा साउद, बडिकेदार गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर घर्ती, उपाध्यक्षमा सपना सिराडी, आदर्श गाउँपालिकाको अध्यक्ष डम्मर वली, उपाध्यक्षमा जानकी खड्का, बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष हस्तबहादुर बुढा, उपाध्यक्षमा ज्ञानु मल्ल (बम), जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा, उपाध्यक्षमा जमुना बोहरा, सायल गाउँपालिकाको अध्यक्षमा तेजबहादुर डुम्रेल, उपाध्यक्ष बिष्नादेवी सिंह, केआइसिंह गाउँपालिकाको अध्यक्षमा तेजबहादुर माझी, उपाध्यक्षमा धनादेवी कुँवरको नाम टुङ्ग्याएको एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले जानकारी दिए। 

सिन्धुपाल्चोकमा कोको छन् उम्मेदवार

पटक–पटकको छलफलपछि शनिबार राति सिन्धुपाल्चोकका सबै स्थानीयत तहमा उम्मेदवारको टुंगो लगाएको एमाले स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज शेरबहादुर तामाङले जानकारी दिए। 

उनका अनुसार बाह्रबिसे नगरपालिका प्रमुखमा निमफुन्जो शेर्पा, उपप्रमुखमा कल्याणी घिसिङ, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुखमा इन्द्रबहादुर नेपाल, उपप्रमुख बालकुमारी सापकोटा, मेलम्ची नगरपालिका प्रमुखमा बालकृष्ण देउजा, उपप्रमुखमा उमा प्रधान, भोटेकोशी गाउँपालिका अध्यक्षमा अमृत खड्का, उपाध्यक्षमा सुन्तलीमाया तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा मेघनाथ पौडेल, उपाध्यक्षमा सविता श्रेष्ठ, लिसङ्खुपाखर गाउँपालिका अध्यक्षमा सूर्यबहादुर लामा, उपाध्यक्षमा कञ्चन लामा उम्मेदवार टुङ्ग्याएको छ।

यसैगरी सुनकोशी गाउँपालिका अध्यक्षमा टपिन्द्रप्रसाद तिमल्सिना, उपाध्यक्षमा मन्जु भण्डारी, बलेफी गाउँपालिका अध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा चन्द्रावती थापा, जुगल गाउँपालिका अध्यक्षमा जयबहादुर लामा, इन्द्रावती गाउँपालिका अध्यक्षमा झम्कनाथ नेपाल, उपाध्यक्षमा शोभना तामाङ, पाँचपोखरी गाउँपालिका अध्यक्षमा टासी लामा, उपाध्यक्षमा सुनिता अधिकारी, हेलम्बु गाउँपालिका अध्यक्षमा हस्तबहादुर पण्डित रहेका छन्। जुगल र हेलम्बुको गाउँपालिकामा उपाध्यक्षको उम्मेद्वार भने टुङ्याउन बाँकी रहेको एमाले जिल्ला सदस्य दिनेश थापाले बताए। 

प्रकाशित मिति: १०:४२ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्