Kathmandu Press

दाङको दुई उपमहानगरमा प्रमुख दलले टुंग्याए उम्मेदवार, मनोनयन दर्ताको तयारी पूरा 

तुलसीपुर, वैशाख ११ : आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुवै उपमहानगरपालिकामा प्रमुख दलहरुले उम्मेदवारको नाम टुङ्ग्याएका छन् ।सत्तासाझेदार दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली...
दाङको दुई उपमहानगरमा प्रमुख दलले टुंग्याए उम्मेदवार, मनोनयन दर्ताको तयारी पूरा 

तुलसीपुर, वैशाख ११ : आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुवै उपमहानगरपालिकामा प्रमुख दलहरुले उम्मेदवारको नाम टुङ्ग्याएका छन् ।

सत्तासाझेदार दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली कांगे्रसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) दाङका नेता जोगबहादुर राना उम्मेदवार बनेका छन् । त्यस्तै नेकपा (एमाले)ले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई प्रमुख र स्यानी चौधरीलाई उपप्रमुखमा उम्मेदवार बनाएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए। 

घोराही उपमहानगरपालिकामा सत्तासाझेदारदलबाट माओवादी केन्द्रका हेमराज शर्मा  नगरप्रमुखमा र उपप्रमुखमा कांग्रेसका भूपबहादुर  डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको  कांग्रेस जिल्ला सभापति शङ्कर डाँगीले जानकारी दिए। एमालेले हालका नगरप्रमुख नरुलाल चौधरीलाई दोहो¥याएको छ भने उपप्रमुखमा हुमा डिसीलाई उम्मेदवार बनाएको छ।

यसैबीच जिल्लामा आज मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ । मुख्य  निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार आज साना दलहरूलाई बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताका लागि समय उपलब्ध गराइएको छ भने भोलि अर्थात् उम्मेदवारी दर्ताको अन्तिम दिन प्रमुख दललगायतले उम्मेदवारी दर्ता गर्नेछन्।

प्रकाशित मिति: १०:२२ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्