Kathmandu Press

महानगरका उम्मेदवार टुंग्याउन कांग्रेसको बैठक बस्दै

काठमाडौं, वैशाख ११: स्थानीय तहको निर्वाचनका लागि महानगरपालिकाका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।आज बिहान ११ बजे पार्टी...
महानगरका उम्मेदवार टुंग्याउन कांग्रेसको बैठक बस्दै

काठमाडौं, वैशाख ११: स्थानीय तहको निर्वाचनका लागि महानगरपालिकाका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।

आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। शनिबार पनि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो।

अबेर रातिसम्म छलफल भए पनि सहमति जुट्न सकेको थिएन। त्यसैले आज फेरि बैठक बस्न लागेको पौडेलले जानकारी दिए।

सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार, काठमाडौं, ललितपुर र विराटनगर महानगरको मेयरको उम्मेदवार कांग्रेसबाट चयन हुनेछ। काठमाडौं र ललितपुरमा सहमति नजिक पुगे पनि विराटनगरमा सहमति जुट्न सकेको छैन।

निर्वाचन आयोगले आज र भोलि उम्मेदवारी दर्ताको समय दिएको छ। त्यसैले आज उम्मेदवार टुंगो लगाउने कांग्रेसको तयारी रहेको छ।

 

प्रकाशित मिति: ०८:३७ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्