Kathmandu Press

पूर्वमन्त्री डिम्पल झाको निधन

काठमाडौं, वैशाख ११ : पूर्वमन्त्री एवं सांसद डिम्पलकुमारी झाको निधन भएको छ।उनको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको परिवारजनले बताएका छन्। लोसपाका...
पूर्वमन्त्री डिम्पल झाको निधन

काठमाडौं, वैशाख ११ : पूर्वमन्त्री एवं सांसद डिम्पलकुमारी झाको निधन भएको छ।

उनको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको परिवारजनले बताएका छन्। लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाका अनुसार उनको क्यान्सरबाट निधन भएको हो।

उनी मधेश प्रदेशकी पूर्व राज्यमन्त्री हुन्। उनी संविधानसभा सदस्य समेत रहेकी थिइन्। उनी अहिले मधेश प्रदेश सभा सदस्य थिइन्।

झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवं पूर्वमन्त्री अनिलकुमार झाकी पत्नी हुन्।

उनी दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन्। उनको उपचार चलिरहेको थियो।

 

प्रकाशित मिति: ०८:१७ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्