कक्षा १२ को परीक्षा समय परिवर्तन
काठमाडौं, वैशाख ११: कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ।राष्ट्रिय परीक्षा बोर्डले बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको...
काठमाडौं, वैशाख ११: कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ। यसअघि प्रकाशित तालिकामा बिहान ११ देखि दिउसो २ बजेसम्म परीक्षा हुने उल्लेख थियो।
बोर्डले आज सूचना प्रकाशित गरि यससम्बन्धी जानकारी दिएको छ। कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ।
प्रकाशित मिति: ०७:५९ बजे, आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












