Kathmandu Press

नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, वैशाख ११ : स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ।लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक...
नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, वैशाख ११ : स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो। कांग्रेस महामन्त्री गगन थापाको नेतृत्वमा गठिन स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरिसकेको छ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

स्थानीय चुनावका लागि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेका छन्।

प्रकाशित मिति: ०७:३६ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्