पाल्पामा सत्ता साझेदार दलले गरे उम्मेदवार बाँडफाँड
पाल्पा, वैशाख ११ : पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन्।नेपाली कांग्रेसलाई ६, नेकपा (माओवादी केन्द्र) लाई दुई...
पाल्पा, वैशाख ११ : पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन्।
नेपाली कांग्रेसलाई ६, नेकपा (माओवादी केन्द्र) लाई दुई र नेकपा (एकीकृत समाजवादी) लाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ।
कांग्रेसले रामपुर र तानसेन नगरपालिका सहित निस्दी, माथागढी, बगनासकाली र रैनादेवी छहरा गाउँपालिकामा प्रमुख, माओवादी केन्द्रले तिनाउ र रिब्दीकोट गाउँपालिकामा तथा एकीकृत समाजवादीले पूर्वखोला र रम्भा गाउँपालिकामा अध्यक्ष पाएको जनाइएको छ।
कांग्रेसका पाल्पा सभापति हिमालदत्त श्रेष्ठले सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा भागबण्डाको टुङ्गो लगाएको जानकारी दिए।
उनका अनुसार कांग्रेसको भागमा उपप्रमुख-उपाध्यक्ष पदका लागि रामपुर नगरपालिका, पूर्वखोला, रम्भा, माथागढी, तिनाउ र रिब्दीकोट गाउँपालिका परेको छ।
यसैगरी माओवादी केन्द्रको भागमा निस्दी, रैनादेवी छहरा र तानसेन नगरपालिका परेको भने एकीकृत समाजवादीको उपाध्यक्ष पदका लागि बगनासकाली गाउँपालिका परेको छ। (रासस)












