मेयरमा उम्मेदवार घोषणा गरेकी डंगोललाई एमालेले बनायो उपमेयरको उम्मेदवार
काठमाडौं, वैशाख १० : काठमाडौँको मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई नेकपा एमालेले उपमेयरमा उठाउने भएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले डंगोललाई उपमेयरको...
काठमाडौं, वैशाख १० : काठमाडौँको मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई नेकपा एमालेले उपमेयरमा उठाउने भएको छ ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले डंगोललाई उपमेयरको उम्मेदवार घोषणा गरेको हो । मेयरमा भने पार्टीले केशव स्थापितलाई उठाउने भएको छ ।
मेयरमा उठ्ने भन्दै डंगोलले आफ्नो चुनावी घोषणापत्र समेत सार्वजनिक गरिसकेकी डंगोललाई एमालेले उपमेयरको उम्मेदवार बनाएको हो ।
उनले यसअघि स्वतन्त्र उम्मेदवार दिने वा कुनै दलबाट उठ्नेबारे उनले निर्णय भने लिइनसकेको बताउँदै आएकी थिईन् ।
प्रकाशित मिति: २२:१४ बजे, शनिबार, वैशाख १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











