Kathmandu Press

एमालेले टुंगायो महानगर र उपमहानगरमा उम्मेदवार, कहाँ कसले पाए ? (सूचीसहित) 

शनिबार साँझ बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाएको हो । 
एमालेले टुंगायो महानगर र उपमहानगरमा उम्मेदवार, कहाँ कसले पाए ? (सूचीसहित) 

काठमाडौं, वैशाख १० : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदका उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार साँझ बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाएको हो । 

महानगरमा भरतपुर र वीरगञ्जको उपप्रमुखको उम्मेदवार चयन हुन बाँकी रहेको छ भने विराटनगरको प्रमुख र उपप्रमुख नै टुङ्याउन बाँकी रहेको पृथ्वी सुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिए ।

यस्तै उपमहानगरमा जितपुरसिमरा र जनकपुरको उम्मेदवार टुंगो लगाउन बाँकी रहेको एमालेले जनाएको छ ।  

काठमाडौं महानगर 
प्रमुख : केशव स्थापित
उपप्रमुख :  सुनिता डंगोल

ललितपुर महानगर 
प्रमुखः हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख : मञ्जली शाक्य बज्राचार्य

पोखरा महानगर 
प्रमुख : दीपक पौडेल र
उप प्रमुख :   मञ्जु देवी गुरुङ

भरतपुर महानगर 
प्रमुख : विजय सुवेदी
उपप्रमुख : बाँकी

वीरगञ्ज महानगर 
प्रमुख : विजय सरावगी
उपप्रमुखः बाँकी 

इटहरी उपमहानगर : प्रमुख यमकुमार सुब्बा/उपप्रमुख संगीता चौधरी
धरान उपमहानगर :  प्रमुख  मञ्जु काफ्ले/ उपप्रमुख पदम लिम्बु
जनकपुर उपमहानगर :  बाँकी
हेटौंडा उपमहानगर :  प्रमुख अनन्त पौडेल/ उपप्रमुख सुमित्रा काफ्ले
कलैया उपमहानगर :  प्रमुख विनोद साह/ उपप्रमुख बाँकी
जितपुर सिमरा उपमहानगर :  बाँकी
बुटवल उपमहानगर :  प्रमुख बाबुराम भट्टराई/ उपप्रमुख सावित्रा देवी अर्याल
तुल्सीपुर उपमहानगर :  प्रमुख टीकाराम खड्का/उपप्रमुख स्यानी चौधरी
घोराही उपमहानगर :  प्रमुख  नरुलाल चौधरी/उपप्रमुख मनकुमारी डिसी
नेपालगन्ज उपमहानगर :  प्रमुख पशुपति दयाल मिश्र/उपप्रमुख शान्तिदेवी ढकाल
धनगढी उपमहानगर :  प्रमुख  रणबहादुर चन्द/उपप्रमुख चन्द्रकला राना थारु

प्रकाशित मिति: २१:५९ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्