Kathmandu Press

वडाअध्यक्ष उज्यालाे कार्यक्रम अन्तर्गत सडक बत्ती जडान

काठमाडाैं, बैशाख १० : बूढानीलकण्ठ नगरपालिका ४ मा सडक बत्ती जडान गरिएकाे छ। वडा अध्यक्ष उज्यालाे कार्यक्रम अन्तर्गत वडामा ८० वटा सडक बत्ती...
वडाअध्यक्ष उज्यालाे कार्यक्रम अन्तर्गत सडक बत्ती जडान

काठमाडाैं, बैशाख १० : बूढानीलकण्ठ नगरपालिका ४ मा सडक बत्ती जडान गरिएकाे छ। वडा अध्यक्ष उज्यालाे कार्यक्रम अन्तर्गत वडामा ८० वटा सडक बत्ती जडान गरिएकाे हाे।

रातको समयमा यात्रु र सवारीसाधनलाई सहज बनाउन सडक बत्ती जडान गरिएकाे वडा न. ४ का अध्यक्ष राजु खड्काले बताए। गतवर्ष केही स्थानहरूमा जडान भएपनि बाँकी सडकमा अहिले जडान गरिएकाे उनले बताए।

सडक उज्यालाे भएसँगै स्थानीय खुसी भएका छन्। बाटाे अध्याँराे हुँदा लागूपदार्थ सेवन गरी निम्तिन सक्ने दुर्घटनाहरू अब कम हुने भन्दै स्थानीयले वडालाई धन्यवाद दिएका छन्।

आर्थिक वर्ष २०७८/७९ को विनियोजित बजेट पाँच लाख रूपैयाँबाट ३० वाटका २५ वटा र ५० वाटकाे ५५ वटा बत्ती जडान गरिएकाे हाे।

 

 

प्रकाशित मिति: २१:२६ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्