Kathmandu Press

रूख ढल्दा सात बालक घाइते

मार्तडी, बैशाख १० : बाजुराको बडीमालिका नगरपालिकामा वनमा काफल खान चढेको रूख ढल्दा सातजना बालक घाइते भएका छन्। बडीमालिका नगरपालिका–८ मा रूख चढेर...
रूख ढल्दा सात बालक घाइते
Hardik ivf

मार्तडी, बैशाख १० : बाजुराको बडीमालिका नगरपालिकामा वनमा काफल खान चढेको रूख ढल्दा सातजना बालक घाइते भएका छन्। बडीमालिका नगरपालिका–८ मा रूख चढेर काफल खाइरहेका बेला एकाएक काफलको रूख ढलेर सात बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घाइते हुनेमा बडीमालिका नगरपालिका–८ का  १४ वर्षीय दीपक रावल, १६ वर्षीय कमल रावल, दिलु रावल, भीम रावल, विवेक रावल र सुजन रावल रहेका छन्। उनीहरू करिब ५ बजेतिर सोही वडाको खर्रामा काफल खान गएको प्रहरीले जनाएको छ।

घाइते भएका सातमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर अवस्था रहेका कमल रावल, भीम रावल र कमल रावल रहेका छन्। घाइते बालकहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ।

प्रकाशित मिति: २०:४९ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्