Kathmandu Press

वडाध्यक्षले बाँड्न लागेका ११० थान साडी प्रहरीद्वारा बरामद

काठमाडाैं, बैशाख १० : काठमाडौंको चन्द्रागिरि नगरपालिकाको एक वडाले महिलाहरूलाई वितरण गर्न लागेको साडी प्रहरीले बरामद गरेकाे छ।नगरापालिकाकाे ८ नं वडाले शुक्रबार निकालेकाे...
वडाध्यक्षले बाँड्न लागेका ११० थान साडी प्रहरीद्वारा बरामद

काठमाडाैं, बैशाख १० : काठमाडौंको चन्द्रागिरि नगरपालिकाको एक वडाले महिलाहरूलाई वितरण गर्न लागेको साडी प्रहरीले बरामद गरेकाे छ।

नगरापालिकाकाे ८ नं वडाले शुक्रबार निकालेकाे सुचना निर्वाचन आचारसंहिता विपरित भएकाे भन्दै प्रहरीले साडी बरामद गरेको हाे।

वडा नम्बर ८ को कार्यलयबाट ११० थान साडी प्रहरीले बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

वडाध्यक्ष सन्तोष खड्काद्वारा हस्ताक्षरित एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागेको उल्लेख गरिएको छ।

‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ।

उक्त सुचनाकाे चौतर्फी आलोचना भएपछि र निर्वाचन आयोगकाे निर्देशनमा प्रहरीले वडा कार्यालयकाे भवनबाट एक सय १० थान साडी बरामद गरेको हो।

यस सम्बन्धमा प्रहरी वृत्त थानकोटले थप अनुसन्धान अघि बढाएको जनाएकाे छ।

प्रकाशित मिति: २०:४५ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्