Kathmandu Press

पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

सप्तरी, बैशाख १० : सप्तरीको बलान विहुल गाउँपालिकामा आज पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। वडा नं ५ बस्ने रवीन्द्र यादवका छ वर्षीया छोरी अनुषाकुमारीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यता घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:०२ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्