Kathmandu Press

माेटरसाइकल दुर्घटनामा तीनको मृत्यु

राजविराज, बैशाख १० : जन्ती जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ का तीन...
माेटरसाइकल दुर्घटनामा तीनको मृत्यु

राजविराज, बैशाख १० : जन्ती जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ का तीन युवाको दुर्घटनमा परेर मृत्यु हुँदा गाउँका अन्य व्यक्ति तथा छरछिमेक शोकमा डुबेका स्थानीय सन्तोष पघैयाले बताए।

हनुमानगर कंकालिनी नगरपालिका–३ गिदखोरा बस्ने हेमनारायण यादवको कान्छा छोरा रञ्जीत यादवको दुर्घटनमा परेर मृत्यु भएपछि परिवार नै शोकमा परेको छ। घटना सुनेपछि हेमनारायण होसमा छैनन्

Hardik ivf

हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा मोटरसाइकल दुर्घटनामा परी आज तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र  बुच्चु भनिने २५ वर्षीय रञ्जीत यादवको मृत्यु भएको थियो।

सप्तरीको भारदहबाट पथरगाडातर्फ बिहेका लागि जन्ती जाँदै गरेको प्रदेश१–०२४१प २२९६ नंको मोटरसाइकल र प्रदेश१–०२०४१प ९५२४ नंको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोक्किएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:५७ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्