Kathmandu Press

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने म्याद सकिँदै, दर्ता नहुनेलाई कारवाही गरिने

काठमाडौं, असोज २९ : रोजगारमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने म्याद बिहीबार सकिँदै छ। कोषमा दर्ता नभएका रोजगारदाता कम्पनीलाई कारवाही गरिने भए....

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने म्याद सकिँदै, दर्ता नहुनेलाई कारवाही गरिने
फाइल फोटो

काठमाडौं, असोज २९ : रोजगारमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने म्याद बिहीबार सकिँदै छ। कोषमा दर्ता नभएका रोजगारदाता कम्पनीलाई कारवाही गरिने भएको छ।

सरकारले साउन १ गतेदेखि लागू हुने सामाजिक सुरक्षा कोषको सुरुआत गरेको थियो। त्यसमा सूचिकृत हुने समयावधि असोज मसान्तसम्म दिएको थियो। अब भने म्याद नथपिने सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले बताइन्।

कोषका अनुसार, बुधबारसम्म ६ हजार आठ सय १६ रोजगारदाता कम्पनी र ८६ हजार सात सय ७३ श्रमिक सूचिकृत भएका छन्। कोषले कम्तिमा ५० हजार ठूला कम्पनी सूचीकृत हुने अपेक्षा गरेको गरेको थियो। तर, सूचिकृत हुने कम्पनीको संख्या न्यून छ।

बिहीबारसम्म केही कम्पनी थपिनसक्ने प्रवक्ता भट्टराईको अनुमान छ। ‘कोषमा सूचिकृत हुने अन्तिम म्याद बिहीबारसम्म हो, अब थपिँदैन,’ उनले भनिन्।

सूचिकृत नहुने कम्पनीलाई कारवाही

कोषमा सूचिकृत नहुने रोजगारदाता कम्पनीलाई शुक्रबारबाटै कारवाही थालिने जनाएको छ। ‘कोषमा नआएका रोजगारदाता कम्पनीहरूलाई करतिर्दा, नविकरण   र अन्य कानुनी पक्रियामार्फत कारवाही गरिन्छ,’ प्रवक्ता भट्टराईले काठमाडौं प्रेससँग भनिन्, ‘कारवाहीका विषयमा बिहीबार नै सूचना प्रकाशित गर्छौं।’

कोषमा आवद्ध हुँदा निवृत्तिभरण सुविधा, व्यवसायजन्य रोग तथा रोजगारीजन्य दुर्घटना, आश्रित परिवारको निवृत्तिभरण तथा सन्ततीवृत्ति, स्थायी पूर्ण असक्षमता बापतको निवृत्तिभरण र उपचार खर्च व्यहोर्नेलगायतको सुविधा प्राप्त हुन्छ।

प्रकाशित मिति: १४:१८ बजे, बुधबार, असोज २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्