Kathmandu Press

चार महानगरपालिकामा राप्रपाको उम्मेदवार : कलाकारदेखि पत्रकारसम्म 

वीरगंज महानगरपालिकाको मेयरमा पत्रकार गिरिश गिरी र उपमेयरमा विना जयसवाललाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। 
चार महानगरपालिकामा राप्रपाको उम्मेदवार : कलाकारदेखि पत्रकारसम्म 

काठमाडौं, वैशाख १० : राष्ट्रिय प्रजातन्त्र पार्टीले चार महानगरपालिकामा मेयर र उपमेयरको टुंगो लगाएको छ। 

शनिबार राप्रपाले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका र वीरगञ्ज महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको हो। 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठ र उपमेयरको उम्मेदवारमा विनिता मगैया, ललितपुर महानगरपालिकाको मेयरमा अष्ट महर्जन र उपमेयरमा स्वर्णिम शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

त्यस्तै पोखराको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेनलाई उम्मेदवार बनाउने निर्णय भएको छ। वीरगंज महानगरपालिकाको मेयरमा पत्रकार गिरिश गिरी र उपमेयरमा विना जयसवाललाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। 

विराटनगर र भरतपुर महानगरमा भने शनिबार रातिसम्म उम्मेदवारको टुंगो लगाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति: १९:२५ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्