Kathmandu Press

रोल्पाका १४ वडाअध्यक्षले दिए राजीनामा

राेल्पा, बैशाख १० : नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन्। जिल्लाका १०...
रोल्पाका १४ वडाअध्यक्षले दिए राजीनामा

राेल्पा, बैशाख १० : नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन्। जिल्लाका १० स्थानीय तहमध्येका १४ वडाका अध्यक्षले राजीनामा गरेका हुन्।

राजीनामा दिनेमा सनुछहरी गाउँपालिकाका–४ का वडाध्यक्ष खड्कबहादुर घर्तीमगर र वडा नं ६ का वडाध्यक्ष अमरजित पुन रहेका छन्। रोल्पा नगरपालिका–५ का वडाध्यक्ष टोपबहादुर नेपाली, वडा नं ६ का वडाध्यक्ष तुलबहादुर घर्तीमगर र वडा नं १० का वडाध्यक्ष मानबहादुर खत्रीसहित अन्य सदस्य रहेका छन्।

Hardik ivf

त्यसैगरी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष देउराम घर्तीमगर, २ का वडाध्यक्ष कविराज बुढामगर वडा नं ५ का वडाध्यक्ष कृष्णबहादुर केसी र वडा नं ६ वडाध्यक्ष लेखमणि डाँगी, थवाङ गाउँपालिका–५ वडाध्यक्ष गोवद्र्धन घर्तीमगर रहेका छन्। त्यसैगरी रुन्टीगढी गाउँपालिका–१ का वडाध्यक्ष मीनबहादुर थापामगर, सुनिलस्मृति गाउँपालिका–४ का वडाध्यक्ष गन्जबहादुर क्षेत्री, गङ्गादेव गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर वली रहेका छन्।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिन रोल्पा जिल्लाका विभिन्न स्थानीय तहका वडाध्यक्ष र सदस्य गरी ३८ जनप्रतिनिधिले राजीनामा दिएका छन्।

प्रकाशित मिति: १९:०३ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्