Kathmandu Press

महानगर र उपमहानगरमा माओवादीको उम्मेदवार : भरतपुरमा रेनु, घोराहीमा हेमराज शर्मा

घोराही उपमहानगरपालिकाको मेयरमा हेमराज शर्मा र जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा राजन पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उपमेयरतर्फ ललितपुर उपमहानगरपालिकामा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
महानगर र उपमहानगरमा माओवादीको उम्मेदवार : भरतपुरमा रेनु, घोराहीमा हेमराज शर्मा
फाइल तस्बिर

काठमाडौं, वैशाख १० : नेकपा माओवादी केन्द्रले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छ। स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता भोलिदेखि सुरु हुँदैछ। मनोनयन दर्ताको एकदिन अघि माओवादी केन्द्रले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको हो। 

भरतपुर महानगरपालिकामा यसपटक पनि रेनु दाहाललाई नै उम्मेदवार बनाइएको छ। पुनः मेयरको उम्मेदवार बन्नकै लागि दाहालले भरतपुरको मेयरबाट राजीनामा गरिसकेकी छन्। त्यस्तै दाङको घोराही उपमहानगरपालिकाको मेयरमा हेमराज शर्मा र जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा राजन पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

उपमेयरतर्फ ललितपुर उपमहानगरपालिकामा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय भएको छ भने धनगढी उपमहानगरपालिकाको उपमेयरमा शान्ति अधिकारीलाई उम्मेदवार बनाइने भएको छ। धरानमा भने टुंगो लाग्न सकेको छैन। धरान उपमहानगरपालिकाको उपमेयरमा धरानको उपमेयरमा अइन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बु आकाङ्क्षी छन्। केन्द्रले अइन्द्रविक्रमलाई उम्मेदवार बनाउने तयारी गरेको छ। 

देशभरका ६ महानगरपालिकामध्य माओवादी केन्द्रले एक महानगरको मेयर र एक महानगरमा उपमेयर पाएको छ । त्यस्तै उपमहानगरपालिकामा २ मेयर र २ उपमेयर पाएको छ।  

प्रकाशित मिति: १८:४४ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्