Kathmandu Press

उम्मेदवार नभएको ठाउँमा दलको चुनाव चिह्न नहुने 

काठमाडौं, वैशाख १० : निर्वाचन आयोगले उम्मेदवार अनुसारको मतपत्र छाप्ने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनको मतपत्रमा...
उम्मेदवार नभएको ठाउँमा दलको चुनाव चिह्न नहुने 

काठमाडौं, वैशाख १० : निर्वाचन आयोगले उम्मेदवार अनुसारको मतपत्र छाप्ने भएको छ। 

शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनको मतपत्रमा उम्मेदवार भएको दलको मात्र चुनाव चिन्ह राखिने बताएका हुन्। 

उनले जुनजुन दलका जुनजुन तहमा उम्मेदवार छन् सोही अनुसार मतपत्रमा चुनाव चिन्ह हुने बताएका हुन्। 

जसअनुसार नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको साझा उम्मेदवार भएको स्थानमा बाँकी चार दलको चुनाव चिन्ह मतपत्रमा हुने छैन। त्यस्तै एमालेसँग सहकार्य गरी चुनाव लड्ने दलहरुले साझा उम्मेदवार उठाउँदा उम्मेदवार आवद्ध दलको मात्रै चुनाव चिन्ह हुने भएको छ। 

सोही कारण उम्मेदवारको अन्तिम नामावली आएपछि मात्रै आयोगले मतपत्र छाप्ने काम अगाडि बढाउने छ। 

प्रकाशित मिति: १८:३१ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्