Kathmandu Press

डा.केसीविरुद्ध अनसन बस्ने विजय थापा डीनलाई मोसो दलेको आरोपमा पक्राउ

काठमाडौं, असोज २९ : डा.गोविन्द केसीविरुद्ध अनसन बसेर चर्चामा आएका विजय थापा पक्राउ परेका छन्। उनलाई डीनमाथि मोसो दलेको आरोपमा पक्राउ गरिएको छ।

....
डा.केसीविरुद्ध अनसन बस्ने विजय थापा डीनलाई मोसो दलेको आरोपमा पक्राउ

काठमाडौं, असोज २९ : डा.गोविन्द केसीविरुद्ध अनसन बसेर चर्चामा आएका विजय थापा पक्राउ परेका छन्। उनलाई डीनमाथि मोसो दलेको आरोपमा पक्राउ गरिएको छ।

उनी गत भदौ २९ गते ‘पत्रकार हुँ’ भन्दै समय मागेर चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डीन प्राडा जगदीशप्रसाद अग्रवाललाई भेट्न गएका थिए। तर, उनले डीन अग्रवालको कार्यकक्षमा पुगेपछि मोसो दलेका थिए।

थापालाई मंगलबार पक्राउ गरिएको हो। डीन अग्रवालमाथि मोसो दलेपछि उनी भागेका थिए। प्रहरीले उनको खोजी गरिरहेको थियो।

उनलाई मोसो दलेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए। महानगरीय प्रहरी वृत्त, महारागञ्जकै टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई प्रहरी हिरासतमा राखिएको छ। थप अनुसन्धान भइरहेको डीएसपी लम्सालले बताए।

उनी यस अघि पनि हातहतियार तथा खरखजानालगायत विभिन्न कसुरमा पक्राउ परेका थिए। उनले पटकपटक जेल सजाय पनि भोगेको प्रहरीले जनाएको छ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा.केसी ईलाममा सत्याग्रहमा बसेपछि थापालगायतको समूहले विरोध गरेको थियो। मेडिकल संचालकको पक्षमा उभिएका उनी झापामा अनसन बसेका थिए।

त्यतिवेला उनलाई नेकपा स्थानीय नेता तथा कार्यकर्ताले पनि सघाएका थिए।

डीन अग्रवाललाई मोसो देलेपछि भने उनी फरार रहेका थिए।

 

प्रकाशित मिति: १३:४८ बजे, बुधबार, असोज २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्