Kathmandu Press

बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक जारी 

काठमाडौं, वैशाख १० : महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजेपछि बैठक...
बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक जारी 

काठमाडौं, वैशाख १० : महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजेपछि बैठक सुरु भएको हो। 

कार्यसम्पादन समितिको बैठक बस्नुअघि शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। बैठकमा वर्तमान पदाधिकारी र पूर्वपदाधिकारी सहभागी छन्।  शनिबार बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक पटकपटक सारिएको छ। 

शीर्ष नेताबीच सहमति जुटेपछि शनिबार नै कार्यसम्पादन समितिको बैठक बस्ने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: १६:३७ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्