नेपालको बिजुली बंगलादेश पुर्याउने बाटो दिन भारत सकारात्मक
काठमाडौं, असोज २९ : नेपालमा उत्पादन हुने बिजुली बंगलादेश निर्यात गर्न दिनका लागि भारतीय पक्ष तयार भएको छ। त्रिदेशीय बैठक पश्चात यस विषयमा निर्णय गर्ने....
काठमाडौं, असोज २९ : नेपालमा उत्पादन हुने बिजुली बंगलादेश निर्यात गर्न दिनका लागि भारतीय पक्ष तयार भएको छ। त्रिदेशीय बैठक पश्चात यस विषयमा निर्णय गर्ने भारतले जनाएको छ।
नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक मंगलबार सम्पन्न भएको छ। बैठकले नेपाल, भारत र बंगलदेशको त्रिदेशीय बैठक तीन महिनाभित्र गर्ने निर्णय गरेको उर्जा मन्त्रालयले जनाएको छ।
भारतको भूमिहुँदै बंगलादेशसम्म बिजुली नेपालको तयारी छ। यसका लागि भारतको अनुमति अनिवार्य हुन्छ। भारत सहमत भएका नेपालको विजुली बंगलादेश निर्यातको बाटो खुल्ने छ।
चरम उर्जा संकट भएकाले नेपालबाट सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लग्ने बंगलादेशले बताउँदै आएको छ।
भारतको जीएमआर इनर्जी लिमिटेडले प्रस्तावित माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादन हुनेमध्ये पाँच सय मेगावाट बिजुली बंगलादेशलाई बेच्ने सहमति गरिसकेको छ।






