Kathmandu Press

मेयरको टिकट पाउने भएपछि लुम्बिनीका नगरप्रमुख चौधरी लोसपा प्रवेश 

काठमाडौं, वैशाख १० : लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेका छन्।स्थानीय निर्वाचनमा लोसपाबाट मेयरको टिकट पाउने भएपछि उनले...
मेयरको टिकट पाउने भएपछि लुम्बिनीका नगरप्रमुख चौधरी लोसपा प्रवेश 

काठमाडौं, वैशाख १० : लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेका छन्।

स्थानीय निर्वाचनमा लोसपाबाट मेयरको टिकट पाउने भएपछि उनले जसपा परित्याग गरेका हुन्। लोसपाका अध्यक्ष महन्थ ठाकुरले चौधरीलाई पार्टीमा स्वागत गरेका छन्। 

अघिल्लो स्थानीय निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर मेयर निर्वाचित भएका चौधरी तत्कालीन राजपामा आवद्ध थिए। गत स्थानीय निर्वाचन राजपाले बहिस्कार गरेपछि उनी स्वतन्त्र लडेका थिए। 

मेयर निर्वाचित भएपछि उनी जनता समाजवादी पार्टीमा आवद्ध थिए। लोसपा प्रवेश गरेलगत्तै अधिकारीले मेयरको टिकट दिएको छ। 

प्रकाशित मिति: १५:३३ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्