Kathmandu Press

उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा

काठमाडौं, चैत १० : बागलुङमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी थालेको छ भने राजनैतिक दलहरु मतदाता रिझाउन...
उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा

काठमाडौं, चैत १० : बागलुङमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी थालेको छ भने राजनैतिक दलहरु मतदाता रिझाउन र उम्मेद्वार चयनलाई तीव्रता दिएका छन््। 

बिहीबार बागलुङ जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा १० पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचनको काम पालिकाअनुसार गर्न थालिएको छ।  निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दल, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारलाई निर्वाचनको तयारी, आपसी समन्वय र सहयोगको विषयमा छलफल थालिएको हो। 

मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले सबैको सहयोगका कारण बागलुङमा निर्वाचन शान्तिपूर्ण गराउन सफल भइने भन्दै सुरक्षाकर्मी, राजनीतिक दल, पत्रकार र कर्मचारीका बीच अन्तरक्रिया कार्यक्रम गरेका छन् । ‘सबैको सहयोगमा मात्रै निर्वाचन शान्तिपूर्ण हुन्छ, सुरक्षाकर्मीले सुरक्षा दिने, पत्रकारले सही सूचना मागेर मात्रै समाचार लेखौँ,’ उनले भने, ‘बागलुङमा सुरक्षा र कर्मचारी खटाउने विषयमा अन्तिम तयारी भइसकेको छ, हामी मनोनयन दर्ताको सबै तयारी पूरा गरिसकेका छौँ।ँ 

प्रकाशित मिति: १४:५४ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्