Kathmandu Press

समृद्धिका लागि समाजवादी अर्थ व्यवस्थाको खाँचो छ : अध्यक्ष नेपाल

काठमाडौं, वैशाख १० : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्नुपर्ने बताएका...
समृद्धिका लागि समाजवादी अर्थ व्यवस्थाको खाँचो छ : अध्यक्ष नेपाल

काठमाडौं, वैशाख १० : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्नुपर्ने बताएका छन्। 

नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवसका अवसरमा पार्टीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकमा समृद्धि कायम गरी जनताको सुखको आकाँक्षा पूरा गर्न समाजवादी अर्थ व्यवस्थाको खाँचो रहेको बताएका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले व्यक्तिवादी चरित्रले भासिएको एमालेले माक्र्सवाद र लेलिनवादका आदर्शलाई त्यागेका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरी नयाँ दल स्थापना गरेको प्रष्ट पारे।

पुष्पलालले स्थापना गरेको पार्टीमा गलत प्रवृत्तिले नेतृत्व गर्दा पुष्पलालले बिद्रोह गरी पुनःकम्युनिष्ट आन्दोलनलाई रक्षा गर्न नयाँ पार्टी स्थापना गरेको स्मरण गर्दै उनले अहिले आफूले पनि कम्युनिष्ट आदर्शलाई जगेर्ना गर्न नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेको बताए। 

अध्यक्ष नेपालले पार्टीले स्थापनाको छोटो कार्यकालमा अहिले देशभर जिल्ला कार्यसमिति निर्माण गरिसकेको उल्लेख गर्दै स्थानीय तहका साथै अधिकांश वडामा सङ्गठन विस्तार भएको जानकारी दिए। 

सो अवसरमा अध्यक्ष नेपालले राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष तथा खेलाडी पिताम्बर तिम्सिनाको नेतृत्वमा १०० भन्दा धेरै कार्यकर्ता उक्त पार्टीमा प्रवेश गराए।  पार्टीका उपमहासचिव डा विजय पौडेलले स्थानीय तह निर्वाचन लक्षित पार्टीको घोषणापत्रबारे जानकारी गराए। 

प्रकाशित मिति: १४:४५ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्