Kathmandu Press

एकिकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरकाे उम्मेदवार, पोखरामा धनराज आचार्य 

पोखरा महानगरपालिकाकाे मेयरका लागि ६ जनाको नाम सिफारिस भएपनि केन्द्रीय नेतृत्वले धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 
एकिकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरकाे उम्मेदवार, पोखरामा धनराज आचार्य 

काठमाडौं, वैशाख १० : नेकपा एकिकृत समाजवादीले महानगरपालिका र उपमहानगरपालिकामा उठ्ने उम्मेदवारको टुंगो लगाएको छ। पाँच दलीय गठबन्धनको नेतृत्व तहमा भएको सहमतिअनुसार एकिकृत समाजवादीले देशभरका ६ महानगरपालिकामध्य पोखरा महानगरपालिकाको मेयर पाएको छ। 

त्यस्तै काठमाडौं महानगरपालिकाको उपमेयर पनि एकिकृत समाजवादीको भागमा परेको छ। ११ उपमहानगरमध्य हेटौंडामा मेयर र इटहरी, बुटवल र तुलसीपुरमा उपमेयर पाएको छ। 

भागबण्डा मिलेपछि एकिकृत समाजवादीले उम्मेदवारको टुंगो लगाउन छलफलमा जुटेको थियो। छलफलपछि पोखरा महानगरपालिकाको मेयरका लागि धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय भएको एकिकृत समाजवादीका एक नेताले जानकारी दिएका छन्। पोखराका लागि ६ जनाको नाम सिफारिस भएपनि केन्द्रीय नेतृत्वले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

त्यस्तै मीना लामालाई हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उठाउने निर्णय भएको पनि बताइएको छ। उपमेयरतर्फ काठमाडौं महानगरपालिकामा रामेश्वर श्रेष्ठ, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना, इटहरी उपमहानगरपालिको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 
 

प्रकाशित मिति: १४:२९ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्