Kathmandu Press

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

सप्तरी, वैशाख १० : हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३०...
मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु
Hardik ivf

सप्तरी, वैशाख १० : हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिए। तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ -०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए। 

प्रकाशित मिति: ०८:१० बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्