महानगर र उपमहानगरका उम्मेदवार छनोट गर्न एमाले सचिवालय बैठक बस्दै
काठमाडौं, वैशाख १० : महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार छनोट नेकपा (एमाले) सचिवालय बैठक बस्दै छ।एमालेको प्रदेश कमिटीले स्थानीय चुनावका लागि महानगर र उपमहानगरको...
काठमाडौं, वैशाख १० : महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार छनोट नेकपा (एमाले) सचिवालय बैठक बस्दै छ।
एमालेको प्रदेश कमिटीले स्थानीय चुनावका लागि महानगर र उपमहानगरको मेयर र उपमेयरको नाम सिफारिश गरिसकेको छ। तिनै नाममध्ये मेयर र उपमेयरको छनोट गर्न एमाले सचिवालय बैठक बोलाइएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज अपराह्न ३ बजे सचिवालय बैठक बस्न लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। यसअघि वैशाख ८ गते बसेको सचिवालय बैठकमा पनि उम्मेदवारबारे छलफल भएको थियो।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेछ।
प्रकाशित मिति: ०७:३६ बजे, शनिबार, वैशाख १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











