Kathmandu Press

विद्युतीय सवारी साधन प्रयोग गर्न मन्त्री पौडेलको आग्रह

काठमाडाैं, बैशाख ९ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताएका छन। विद्युतीय सवारी साधनसम्बन्धी...
विद्युतीय सवारी साधन प्रयोग गर्न मन्त्री पौडेलको आग्रह

काठमाडाैं, बैशाख ९ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताएका छन। विद्युतीय सवारी साधनसम्बन्धी आजको अन्तरक्रियामा उनले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताए।

पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै मन्त्री पौडेलले विद्युतीय सवारीको प्रयोगलाई बढवा दिनुपर्नेमा जोड दिए। 'यातायात क्षेत्रमा प्रयोग हुने खनिज इन्धनबाट हुने मुद्रा बर्हिगमन, वैदेशिक निर्भरता, वातावरण प्रदूषण विश्वमा भएको जलवायु परिर्वतनको असर, हरित ग्यास तथा हानिकारक कणजन्य तत्वको उत्र्सजन गर्ने विषयजस्ता कार्यमा यातायात क्षेत्रबाट वातावरणमा उत्पन्न हुने नकरात्मक असरलाई न्यूनीकरण गर्दै हरित विकाश गर्नुपर्ने अवश्यकता छ,' मन्त्रीले भने।  

उनले देशमा वायुप्रदूषण बढिरहेको बताउँदै प्रदूषण नियन्त्रणका लागि आवश्यकपर्ने उपयुक्तविधि पहिल्याउन अनुसन्धानकर्तालाई आग्रह गरे। 'मूल्य वृद्धि र वायुप्रदूषण दिनप्रतिदिन बढिरहेको छ,' मन्त्री पौडेलले भने, 'अहिलको अवस्थालाई मध्यनजर गर्दै विद्युतीय सवारीको प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ।'

प्रकाशित मिति: २०:४७ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्