Kathmandu Press

डब्ल्युएचओका महानिर्देशकद्वारा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन

काठमाडाैं, बैशाख ९ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अवलोकन गरेका छन।प्रयोगशालाका सूचना अधिकारी...
डब्ल्युएचओका महानिर्देशकद्वारा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन
Hardik ivf

काठमाडाैं, बैशाख ९ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अवलोकन गरेका छन।

प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताका अनुसार डब्ल्युएचओका महानिर्देशक टेड्रोसले जीन सिक्वेन्सिङ प्रयोगशालाको र पिसिआर मेसिनको अवलोकन गरेकाे बताए। डब्लुएचओको सहयोगमा जीन सिक्वेन्सिङ प्रयोगशालाको स्थापना गरिएको थियो। जीन सिक्वेन्सिङ प्रयोगशालाको नेपालमा नै स्थापना गरेपछि कोरोना भाइरसको जीन सिक्वेन्सिङ गर्नका लागि विदेश पठाउनु पर्ने वाध्यता हटेको छ। यसअघि कोरोना भाइरसको जीन सिक्वेन्सिङ गर्नका लागि थाइल्याण्ड, हङकङ, भारतलगायत देशमा लैजानु पर्ने थियो।  

उनले आजै नै टाइफाइड विरुद्धको खोप अभियानको ललितपुरस्थित पाटन माध्यमिक पुगेर अवलोकन गरे। उनी भोलि वैशाख १० गते फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २०:३९ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्