Kathmandu Press

हेटाैंडा उपमहानगरबाट ३६ जना जनप्रतिनिधिले दिए राजीनामा

मकवानपुर, बैशाख ९ : हेटौंडा उपमहानगरपालिकाका ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन्। स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नकाे लागि ९ वडा अध्यक्षसहित ३६ जना...
हेटाैंडा उपमहानगरबाट ३६ जना जनप्रतिनिधिले दिए राजीनामा

मकवानपुर, बैशाख ९ : हेटौंडा उपमहानगरपालिकाका ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन्। स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नकाे लागि ९ वडा अध्यक्षसहित ३६ जना निर्वाचित जनप्रतिनिधिले शुक्रबार उपमहानगरमा राजीनामा दिएका हुन।

हेटौंडा २ का हरि राउत, ३ नम्बर वडाका रामकुमार पुडासैनी, ४ का नविन सिग्देल, ७ का राजन थापा, ९ का लक्ष्मण भण्डारी, १२ का ललित घलान, १४ का दीपक खड्का, १८ का अनिल बानियाँ र १९ नम्बर वडाका नरनाथ सुवेदीले वडाअध्यक्ष पदबाट राजीनामा दिएका हुन।

यसैगरी हेटौंडा उपमहानगरकै विभिन्न वडाका सदस्यहरु २७ जनाले पनि शुक्रबारनै राजीनामा दिएका छन्।

प्रकाशित मिति: २०:३५ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्