Kathmandu Press

राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान जाने, नयाँ सम्राटकाे राज्याभिषेकमा सहभागी हुने

काठमाडौं, असोज २९ : म्यानमारको पाँच दिने भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतैबाट जापानी सम्राट नुरो हितोको राज्याविषेक सम....

राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान जाने, नयाँ सम्राटकाे राज्याभिषेकमा सहभागी हुने
काठमाडाैंप्रेस

काठमाडौं, असोज २९ : म्यानमारको पाँच दिने भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतैबाट जापानी सम्राट नुरो हितोको राज्याविषेक समारोहमा सहभागी हुन टोकियो जाने भएकी छिन् । 

राष्ट्रपति भण्डारी म्यानमारको राजधानी याङ्गुनबाट कात्तिक ३ गते टोकियोतर्फ प्रस्थान गर्नेछिन् । परराष्ट्र मन्त्रालयले म्यानमार भ्रमणबारे औपचारिक जानकारी दिए पनि जापान भ्रमणबारे केही उल्लेख गरेको छैन । भ्रमणमा राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि रहने छन् ।

म्यानमारको पाँचदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान साढे १० बजे राष्ट्रपति भण्डारी नेपाल वायुसेवा निगमको विमानबाट बैंककका लागि प्रस्थान गरेकी हुन् । उनी आजै म्यामार पुग्ने छिन् । 

म्यानमारका राष्ट्रपति विन माइन्टको निमन्त्रणामा म्यानमार पुगेकी भण्डारीले बिहीबार राष्ट्रपति माउन्ट र प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार, म्यानमार बसाइका क्रममा राष्ट्रपति भण्डारीले पियान ऊ लिन क्षेत्रमा स्थायी बसोबास गरिरहेको नेपाली समुदायसँग पनि भेट गर्ने छिन् । उनले त्यहाँस्थित युनेस्केको विश्व सम्पदा क्षेत्र– बागनको भ्रमण गर्ने छिन । साथै, राजधानी याङ्गुनस्थित ऐतिहासिक र सांस्कृतिक महत्वका क्षेत्रको पनि भ्रमण गर्ने छिन् । 

भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले म्यानमारसँग पर्यटन प्रवद्र्धनसँग सम्बन्धित दुई वटा सन्धिमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

म्यानमारपछि तीन दिनका लागि जापान प्रस्थान गर्ने राष्ट्रपति भण्डारीले जापानी नयाँ सम्राट नुरो हितोको राज्याभिषेक समारोहमा सहभागिता जनाउने कार्यक्रम छ । उनी कात्तिक ६ गते मात्र स्वदेश फर्कने छिन् । 
 

प्रकाशित मिति: १२:४१ बजे, बुधबार, असोज २९, २०७६