माेरङमा गठबन्धनबीच भागबण्डामा किचलो

विराटनगर, बैशाख ९ : मोरङमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन नहुने देखिएकाे छ। भागबण्डामा किचलाे देखिएपछि दलबीच गठबन्धन नहुने सम्भावना देखिएकाे हाे।
गठबन्धनका लागि कोसिस भइरहेपनि मनोनयन फिर्ता लिने दिनसम्म सहमतिकाे लागि प्रयास गरिरहने कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूले बताए।
१७ वटा पालिका रहेको मोरङमा विराटनगर महानगरपालिका छाड्नुपरेपछि माओवादी केन्द्रले दुई नगरपालिकासहित पाँच पालिकामा दाबी गरेको थियो।
सभापति लिम्बूका अनुसार मोरङमा माओवादी केन्द्रले ६, जसपाले ४, नेकपा एकीकृत समाजवादी पार्टीले २ पालिकामा दाबी गरेका कारण समस्या देखिएको बताए।
सुनसरीमा पनि गठबन्धनबीच सहमति भएको छैन। माओवादीले एउटा पालिका मागेको थियो। तर नेपाली कांग्रेस दिन तयार नभएपछि छलफल प्रक्रिया अघि बढ्न सकेकाे छैन।
नेकपा एमाले प्रदेश १ सचिव गणेश उप्रेतीले गठबन्धनका लागि पटक–पटक प्रयास गर्दा पनि कांग्रेसका कारण सफल नभएको आरोप लगाए।











