Kathmandu Press

‘सबै उमेर समूहका जनाता एमालेमा आकर्षित छन्’

काठमाडाैं, बैशाख ९ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै उमेर समूहका जनता एमालेमा आकर्षित भइरहेको बताएका छन। नेपाल कम्युनिष्ट पार्टीको ७४औँ...
‘सबै उमेर समूहका जनाता एमालेमा आकर्षित छन्’

काठमाडाैं, बैशाख ९ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै उमेर समूहका जनता एमालेमा आकर्षित भइरहेको बताएका छन। नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसरमा आयोजित पार्टी कार्यालय स्थानान्तरण तथा ‘कम्युनिष्ट योद्धा सम्मान’ कार्यक्रममा उनले ज्येष्ठ नागरिक, युवा, किशोरकिशोरी र बालबालिका सबै एमालेप्रति आकर्षित भइरहेको बताए। देशभरमा नै पार्टी प्रवेशको लहर नै चलेको उनको भनाइ छ। उनले भने, 'ज्येष्ठ नागरिकको आर्शिवाद एमालेसँग छ भने युवाको आशा र भरोसा छ।'

देश र विदेशमा रहेका नेपालीको मनमा एमाले रहनु नै सफलता भएको पूर्वप्रधानमन्त्री ओलीले बताए। सरकारमा रहँदा गरेका कामभन्दा पनि सबैको मनमनमा एमाले छाउनु ठूलो सफलता भएको उनको भनाइ छ। सरकारमा पुग्नुभन्दा पनि सबै नेपालीको मुहारमा खुसी फैलाउनु एमालेको उद्देश्य भएको अध्यक्ष ओलीले बताए। उनका अनुसार पार्टीले कुनै पनि नेपालीको अनुहारमा गरिबीको धर्सा नदेखिने गरी आफ्ना पार्टीको उद्देश्य बनाएको छ। उनले भने, 'पार्टीले अभाव हटेर सुखी र खुसी जनता देख्न चाहेको छ।'

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै स्थानीय तहले आर्थिक विकास र उत्पादनमा जोड दिएर अघि बढ्नुपर्नेमा जोड दिए। पार्टीले बामपन्थी आन्दोलनमा योगदान पुर्‍याएका १७ जना योद्धालाई सम्मान गरेको छ।

प्रकाशित मिति: १९:४० बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्