Kathmandu Press

निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह

नेपालगञ्ज, बैशाख ९ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बाँकेमा निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह गरिएको छ।जिल्ला...
निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह

नेपालगञ्ज, बैशाख ९ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बाँकेमा निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज आयोजना गरेको सर्वपक्षीय बैठकमा सो आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। 'कतिपय ठाँउमा आचारसंहिता उल्लङ्घन भएको पनि पाइएको छ, त्यसैले यसलाई पालना गराउने विषयमा जोड दिइएको छ।’

Hardik ivf

सो बैठकमा निर्वाचनमा सहभागी हुने दल र सरोकारवालाको उपस्थिति रहेको थियो। निर्वाचनका लागि बाँकेमा करिब चार हजार बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्। जिल्लामा १०१ मतदान केन्द्र अति संवेदनशील र ३५ संवेदशील मतदान केन्द्र रहेकाले मतदानस्थल र मतदान केन्द्रको संवेदनशिलताअनुसार सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रशासन कार्यालय बाँकले जनाएको छ।

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले एक हजार ६०० बढी म्यादी प्रहरी तालिममा रहेको, थप प्रहरी निर्वाचनका लागि प्राप्त हुने भएकाले मापदण्ड निर्धारण भएपछि खटिने बताए।

प्रकाशित मिति: १९:३२ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्